फेसबुकमा समाचार शेयर गर्दा जागिरबाट हटाइयो

166

जनकपुर /  धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) पदमा करारमा कार्यरत गुञ्जा रायलाई समाचारका लिंकहरु फेसबुकमा शेयर गरे वापत जागिरबाट हटाइएको छ । रायले असोज ३ गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसका समाचार लिंकहरुलाई फेसबुकमा शेयर गरेकी थिइन् ।

जागिरबाट हटेकी रायले आइतबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी आफूलाई स्पष्टिकरण समेत नसोधी जागिरबाट हटाइएको पत्र थमाइएको सञ्चार माध्यमलाई जनाएकी छिन् ।  ‘मैले त समाचार शेयर गरेकी हुँ, आफ्नो विचार त राखेको होइन ?’ रायले पत्रकार सम्मेलनमा भनिन्, ‘समाचार शेयर गरेर अपराधै गरेको भए त स्पष्टिकरण सोध्नुपर्थ्यो नि ?’

अदालतले २०७५ असोज ५ गतेसम्म अदालतको आदेशानुसार थप भएकोमा सो पश्चात तपाईको म्याद थप नभएको हुँदा मिति २०७५ असोज ६ गतेदेखि लागु हुने गरी तपाईलाई अवकाश दिइएको भनी पत्र थमाएको छ । रायले अदालतमा आफू जस्तै करारमा रहेका अन्य सबै कर्मचारीको म्याद थपिएको जनाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here