काठमाडौं/ आइतबार बिहानदेखि नै राजधानीको जनजीवन प्रभावित भइरहेको छ । विहानैबाट गुड्ने स्कूल बसहरु पनि बन्द छन्।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपाका प्रवक्ता प्रकाण्डलगायत नेता कार्यकर्तामाथि सरकारले झुटा मुद्दा लगाउने, अदालतले रिहाईको आदेश गर्दा पनि परिसरबाटै पुनः गिरफ्तार गर्ने गरेको भन्दै नेकपाले उपत्यका विशेष ब्यूरोले बन्दको आह्वान गरेको हो ।
बन्द अवज्ञा गरेको भन्दै केही सवारी साधानमाथि सामान्य बल प्रयोग गरिएको जनाउँदै उपत्यकाका धेरै ठाउँमा चालकलाई सम्झाएर छोडिएको जनाइएको छ ।
नेकपाका उपत्यका ब्यूरो इन्चार्ज प्रज्वले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीका नेता, कार्यकर्तामाथि धरपकड जारी राखेको भन्दै विरोधस्वरू एक दिने उपत्यका बन्दको घोषणा गरेको जनाएका छन् ।


















