लोकतन्त्रको प्रवद्र्धनमा सञ्चार जगतको भूमिका महत्वपूर्णः राष्ट्रपति

97

काठमाडौँ, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको संरक्षण र प्रवद्र्धनमा नेपाली पत्रकारिता र प्रेस क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन्।

प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई राष्ट्रपति भण्डारीले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताइन्।

उनले शीघ्र सूचना सम्पेषण गर्ने चाहनामा गलत समाचार तथा सूचना सम्प्रेषण हुन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गरिन् । ऐतिहासिक राजनीतिक परिवर्तनपछि मुलुक अहिले आर्थिक समृद्धितर्फ केन्द्रित रहेको उल्लेख गर्दै उनले राजनीतिक मतभेद अन्त्य भएको अवस्थामा आर्थिक विकास र जनताको जीवनस्तरको सुधार नै अहिलेको प्रमुख दायित्व भएको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here