सर्जरी गरी बने विश्वकै पहिलो डगम्यान

134

मानिसहरूको शोख पनि विचित्रको हुन्छ । चर्चामा आउन अनेक प्रकारको तडकभडक गर्ने गर्दछन् । लाग्छ कि हामी आफै ठूलो बिनाशको प्रतिक्षामा छौं र प्रकृतिको सिर्जनाको विपरीत कार्यहरू गर्न थालेका छौं ।

ब्राजिलमा एक व्यक्तिले शल्यचिकित्साद्वारा आफ्नो अनुहार कुकुरको अनुहारमा परिवर्तन गरेका छन् । यो संसारको पहिलो घटना हो जसले आफ्नो शोखका लागि आफ्नो अनुहारनै परिवर्तन गरी डगम्यान बनेका छन् ।

ब्राजिलका यी घनाढ्य व्यक्तिले आफ्नो अनुहार प्लास्टिक सर्जरीद्वारा कुकुरको अनुहारमा किन परिवर्तन गरे भन्ने कुनै जानकारी दिएका छैनन् । तर उनि आफ्नो अनुहार कुकुरको अनुहारमा परिवर्तन गर्दा धेरै उत्सुक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आफ्नै पैसा खर्च गरी सन् २०१३ मा प्लास्टिक सर्जरी गरेर उनी नयाँ अवतारमा संसारको पहिलो डगम्यान बनेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here