नेकपाका दुई पोलिटव्युरो सदस्यलाई ७२ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

115

काठमाडौं/ सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदमबहादुर राई ‘विकास’ र ओमप्रकाश पुनलाई ७२ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले लिखित जबाफसहित उपस्थित गराउन बुधबार सरकार, गृह मन्त्रालय, दाङ प्रहरीलगायत विपक्षीहरूका नाममा आदेश भएको हो । पुन र राईलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै रिहाइको माग गरी पुनकी श्रीमती गौरा धामीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

पुनलाई बाँके र राईलाई सङ्खुवासभा जिल्ला अदालतले रिहाको आदेश रिहा भएलगत्तै प्रहरीले अदालतपरिसरबाटै पुनः गिरफ्तार गरी दाङ जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here