चीन/ चीनको सिचुवान प्रान्तको चेङ्दुमा नेपाली सेना र चिनिया सेनाको विशेष फौजबीच असोज २ गतेदेखि संचालन भएको ‘सगरमाथा फ्रेण्डसिप-२०१८’ संयुक्त तालिम आज शनिबार विशेष समारोहका बीच सफलतापुर्वक सम्पन्न भएको छ ।
तालिमको अन्तिम दिनमा आयोजना गरिएको समापन समारोह कार्यक्रममा संयुक्त रुपमा विशेष फौज सम्बन्धी विभिन्न कला कौशलहरुको समेत प्रदर्शन गरिएको थियो ।
उक्त तालिम सम्पन्न गरी तालिममा सहभागी नेपाली सैनिक टोली आज असोज १२ गते स्वदेश फिर्ता भएको छ ।