टम्पशेर र मेलिनाको ‘म तिमीलाई माया गर्छु’ सार्वजनिक

357

 काठमाडौं / गायक तथा संगीतकार टम्पशेर राईको आफ्नै शब्द संगीत रहेको म तिमीलाई माया गर्छु गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राईले पनि आवाज दिएकी छिन् ।

टम्पशेर यस गीतमा रीमा बिश्वकर्मा र आयुष बराइलीको अभिनय रहेको छ ।

अमोस तामाङ र सबिना गुरुङको एरेन्जमा रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

रेडियो तथा स्टेज कार्यक्रम सञ्चालकको रुपमा पछिल्लो समयमा निक्कै नै लोकप्रियता कमाएका युवा सञ्चारकर्मी टम्पशेरले तीनदर्जन भन्दा वढी गीतहरु लेख्नुका साथै संगीत भरिसकेका छन् ।

नेपालकै चर्चित गायक राजेश पायल राई, दिपक लिम्बू र गायिका मेलिना राईसँग काम गरिसकेका टम्पशेर पछिल्लो समयमा एकपछि अर्को गर्दै विभिन्न गीतहरुको म्युजिक भिडियो निकाल्नमा व्यस्त छन् ।

लामो समयसम्म रेडियोमा काम गरिसकेका गायक टम्पशेर सानैदेखिनै संगीत क्षेत्रमा सक्रिय छन् ।
हेर्नुहोस् भिडियोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here