५ जनाको घाँटी रेटेर हत्या गर्ने भारतीयलाई नेपाल प्रहरीले भारत गएर पक्राउ गर्दा भारतमा हंगामा

265

काठमाडौ/ नेपाल प्रहरीले भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट एक सुनचाँदि व्यवसायीलाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै भारतमा ‘हंगामा’ मच्चाइएको छ ।

नेपालगन्ज सदरलाइनका सुन व्यापारी दिपक हेमकारको परिवार नै सखाप हुनेगरी १३ बर्षअघि २०६२ फागुन २३ गते राती तत्कालीन नेपालगन्ज–१५ सदरलाइन स्थित न्यू दिप ज्वैलर्समा सुतेकै अवस्थामा एक जना कामदार सहित परिवारका ५ जनाको घाँटी रेटेर हत्या भएको थियो ।

 हत्याकाण्डका अभियुक्त एक जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेपछि भारतीय मिडियाले घटनालाई आफु अनुकुल व्याख्या गर्दै नेपाल प्रहरीको कानुनी कारवाही माथि प्रश्न उठाउँदै ‘हंगामा’ गरेको हो । ती व्यवसायीले भारत सरकारसँग आफूलाई शरण दिनको लागि गुहार मागेका थिए। भारत सरकारले कुनैपनि विषयमा अनुसन्धान नगरी ती व्यापारीलाई शरण दिएको थियो।

भारत उत्तरप्रदेशको राजधानी लखनउ प्रियदर्शनी कलोनीमा बस्दै आएका किशोरीलाल सोनीलाई नेपाल प्रहरीले गत शनिबार भारतबाट सुन कारोबारका लागि नेपाल प्रवेश गर्दैगर्दा पक्राउ गरेका विवरण सार्वजनिक गरेको थियो ।

भारतीय सञ्चारमाध्यमले भने त्यसको एकदिन अगाडि अर्थात् शुक्रबार प्रिय दर्शनी कलोनी नजिकबाटै उनलाई ‘अपहरण शैलीमा नियन्त्रणमा लिइएको’ दाबी गरेका छन् । ‘परिवारबाट किशोरीलाल बेपत्ता भएको उजुरी परेको छ’, प्रहरी अधिकारी हरेन्द्र कुमारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले भनेका छन्, ‘हामीलाई नेपाल प्रहरीले यहाँ आएर किशोरीलाई पक्राउ गरेर लगेको भन्ने कुनै जानकारी प्राप्त भएको छैन ।’

खासगरी भारतीय टेलिभिजनहरुले सिसिटिभीको एउटा फुटेजलाई किशोरीलालको अपहरण शैलीमा नेपाल प्रहरीले पक्राउ गरेको दृश्य भन्दै ‘हंगामा’ गरेपछि भारतीय प्रहरी बढी दबाबमा परेको स्थानीय सञ्चारकर्मीहरुले जानकारी दिएका छन् ।

यता नेपाल प्रहरीले भारतीय सञ्चारमाध्यमको हल्लालाई ‘वाहियात’ भनेको छ । अत्यन्तै चलाखीपूर्ण उक्त घटनामा संलग्नहरुको सुइकोसम्म प्रहरीले सार्वजनिक गर्न सकेको थिएन । घटनाको दुई बर्षभित्रै परिवारकी एकमात्र जीवित सदस्य दिपककी धर्मपत्नि दिपा सोनीले करोडौं सम्पत्ति कौडीको भाउमा बेचेर माइत भारत उत्तरप्रदेशको सीतापुर फर्किएकी थिइन् । त्यसको केही समयमै दोस्रो बिहे गरेकी दिपा बाबु किशोरीलालसँगै राजधानी लखनउ बस्दै आएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here