वामदेवका लागि राजीनामा दिने मानन्धरलाई निर्वाचन क्षेत्रबाट लखेट्ने रैथाने नेवार समुदायको चेतावनी

259

काठमाडौं / काठमाडौँ ७ का सांसद रामवीर मानन्धरविरुद्ध रैथाने नेवार समुदायले निर्वाचन क्षेत्रबाटै लखेट्ने चेतावनी दिएका छन । वामदेव गौतमका लागि आफ्नो निर्वाचन क्षेत्रबाट राजीनामा दिने घोषणा गरेपछि रैथाने नेवार समुदायले सो चोतावनी दिएका हुन् ।

राजधानीमा आज भएको मानन्धर गुथिको एउटा धार्मिक कार्यक्रममा रामवीरले आफ्नो स्वार्थका लागि प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेको भन्दै मानन्धरलाई दिइएको सम्मान फिर्ता गर्ने निर्णय गरिएको छ ।

सम्मान फिर्ताको हस्तलिखित विज्ञप्तिमा रामवीरले आफूहरुको मताधिकारको दुरुपयोग गरेको भन्दै यो क्षेत्रमा पस्न नदिने चेतावनी समेत दिइएको छ ।

उनिहरुले मानन्धरका कारण यसक्षेत्रका मानन्धरहरुको मात्र नभएर सम्पूर्ण नेवार जातिको टाउको निहुरिएको जनाएका छन् । नेपालभाषामा लेखिएको विज्ञप्तिमा मानन्धर समुदायले दिएको सम्मान खानका उनी उपयुक्त व्यक्ति नभएकाले फिर्ता गरिएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here