नुवाकोटमा बस दुर्घटनाग्रस्त, एकको मृत्यु ३५ घाइते

93

नुवाकोटमा शुक्रबार राउतवेशीबाट काठमाडौंका लागि छुटेको यात्रुबहाक बस सुर्यगढी गाउँपालिका ५ छेडिखोलामा दुर्घटनाग्रस्त भएको छ ।

बा १ ख ६३५६ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३५ घाइते भएका छन् । बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । तीमध्ये अवस्था गम्भीर भएका ५ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको सनाखत हुन बाँकी नै रहेको नुवाकोटका एसपी बसन्तबहादुर कुँवारले सञ्चारमाध्यमलाई जनाएका छन् । उनका अनुसार उद्धार कार्य सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here