एनआरएनसँग सहकार्य गर्न सरकार तत्पर

105

काठमाडौँ, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।

राजधानीमा शुक्रबारदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्न सङ्घले निर्वाह गरेकोे भूमिकाको सराहना गरे ।

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले विकासका लागि ज्ञान र सीपको उपयोग गर्नुपर्ने बताए ।

उनले विज्ञ सम्मेलनले गरेको निष्कर्ष विकासका लागि सरकारलाई महत्वपूर्ण सुझाव हुने उल्लेख गरे । नेपालको मौलिक संस्कृति विश्वसामु परिचित गराउन सङ्घले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले नेपाल विश्वकै छुट्टै पहिचान भएको देश भएको बताए ।

“अध्ययन, अनुसन्धान, अनुभवले विकासको आधार तयार पार्छ,” प्रधानमन्त्री ओलीले भने, अब आर्थिक समृद्धिका लागि सबैको सहभागिता जरुरी छ ।”

उहाँले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको योगदान महत्वपूर्ण भएको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here