काठमाडौं– मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मंगलबार विहान १० बजे जारी गरेको प्रेस विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उल्लेख गरिएको छ ।
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।
मंगलबार बिहानै अस्पताल पुगेका पूर्व प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको उल्लेख गर्दै चिन्ता गरिरहन नपर्ने जनाए ।
उनले प्रधानमन्त्री ओलीको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमार्फत भट्टराईले आफू स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्दा प्रधानमन्त्री निकै हंसमुख देखिएको भन्दै अलिकति ठट्टा मजाक पनि गरेको जानकारी दिएका छन् ।
उनले भनेका छन्–


















