काठमाडौं / सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा दुबईमा हुने इन्टरनेश्नल टेलिकम्युनिकेशन युनियन (International Telecommunication Union-ITUको Plenipotentiary Conference (PP-18) मा सहभागी हुन आज दुबइ प्रस्थान गर्नुभएको छ ।
बैठकमा विश्वभरिबाट ITU का सदस्य राष्ट्रहरुका मन्त्री,सचिव तथा उच्च तहका नीति निर्माताहरुको सहभागीता रहने कार्यक्रम रहेको छ।चार वर्षको अन्तरालमा आयोजना हुने ITU को Plenipotentiary Conference मा ITU ले आगामी चार वर्षका लागि लिने नीति र रणनीतिक विषयहरूमा महत्वपूर्ण निर्णयहरु गरिनुका साथै ITU का महासचिव लगायत काउन्सील सदस्य तथा पदाधिकारीहरुको निर्वाचन समेत हुने भएकोले यो सम्मेलन महत्वपूर्ण रहेको विज्ञप्तीमा जनाइएको छ ।
उक्त सम्मेलनमा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको नेतृत्वमा यस मन्त्रालयका सहसचिव, उपसचिव तथा संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत समेत सहभागिता रहने उक्त सम्मेलनमामाननीय मन्त्रीज्यूले सम्वोधन गर्नु हुनेछ । सो अवसरमा माननीय मन्त्री बाँस्कोटासँग अन्य विशिष्ट सहभागी तथा समकक्षीहरुसँग द्धिपक्षीय हित र सहयोगका सम्वन्धमा छलफल हुने कार्यक्रम समेत रहेको छ। दूरसञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा तीव्र रुपमा भैरहेको विकासवाट नेपाल जस्तो देशहरुले के कसरी अधिकतम फाइदा लिन सक्छ भन्ने वारेमा नेपालले आफ्नो भनाई राख्ने विज्ञप्तीमा जनाइएको छ ।


















