नेपालका कम्युनिष्ट पार्टीहरूबारे–१

121
हुकुमबहादुर सिंह

नेपाली कम्युनिष्ट आन्दोलनले अहिले करीब सात दशकभन्दा बढी पार गरिरहेको छ । यसबीचमा नेपालमा र विश्वमै कम्युनिष्ट सत्ताको स्थापनाका लागि अनेकौ प्रयोगहरू र प्रयासहरू गरिएका छन र यति लामो ऐतिहासिक अवधिमा नेपाली कम्युनिष्ट आन्दोलनभित्र वर्गसङ्घर्ष, दुईलाइन सङ्घर्ष र पार्टीभित्र अन्तरसङ्घर्षका अनेकौं जटिल बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्तिहरू रहेका छन् । यति लामो अवधिमा नेपालमा कम्युनिष्ट सत्ता स्थापनाका लागि हजारौ सहिदहरूले बलिदान दिएका छन् । २०५२ फागुन १ गतेदेखिको माओवादी नेतृत्वको जनयुद्ध यी सबैमा विकसित एउटा सर्वहारावर्गीय क्रान्ति मानिन्छ ।

हुन त २०२८ सालमा झापामा भारतीय नक्सालवादी नेता चारू मजुम्दारको कार्यदिशाको प्रभावमा आएर नेपालका केही युवाले खासगरी कोशी, मेचीतर्फ सशस्त्र विद्रोहको रूपमा सामन्तलाई मार्ने काम सुरू गरिए, तर केही वर्ष नवित्दै त्यसले क्रमसः दक्षिणपन्थी मार्ग अवलम्वन गर्दै एमाले हुँदै अहिलेको नेकपाको अवस्थामा आइ पुगेको हो । २०५२ सालदेखि रोल्पाबाट सुरू गरिएको सशस्त्र विद्रोहले नेपालमा दश वर्ष त प्रभावकारी रूपले आफूलाई थेग्यो तर २०६२ सालपछि भने त्यसको एउटा समूह जसको नेतृत्व प्रचण्ड—बाबुरामले गर्दै आएका थिए, त्यसले समग्र माओवादी आन्दोलनलाई विखण्डन र बिसर्जनको चौबाटोमा लगेर अलपत्र छाडिदिएको छ । यसैको निरन्तरतास्वरूप अहिले प्रचण्डले ओलीसित मिलेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गठन गरेर नेपालका कम्युनिष्टहरूलाई भ्रम पार्न एकछिन भए पनि सफल भएका जस्ता देखिएका छन् ।

अहिले नेपालमा विद्यमान कम्युनिष्टहरूको वर्गीकरण यसरी गर्न सकिन्छः पहिलो नेपाल कम्युनिष्ट पार्टी(नेकपा), जसको नेतृत्व ओली–दाहालले गर्दैछन् । दोस्रो मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), तेस्रो मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), चौथो नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, पा“चौ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, छैटौ ऋषि कट्टेल नेतृत्वको नेकपा र यी बाहेक प्रचण्डको नेतृत्वमा एमालेमा बिलिन हुन नमानेर प्रचण्डबाट विद्रोह गरेका किराती र आहुतीको नेतृत्वका समूहहरू प्नि छन् । त्यसका साथै विभिन्न माक्र्सवादी बुद्धिजीवीहरू मिलेर बनेको माक्र्सवादी अध्ययन समूहहरू पनि छन् । राजनीतिक, वैचारिक तथा सैद्धान्तिक पक्षका हिसावले यिनीहरूलाई समग्र निम्न भागमा बाडन सकिन्छ– पहिलो घोर दक्षिणपन्थी नवप्रतिक्रियावादी तथा स्वघोषित कम्युनिष्टहरू, जसले आफूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भन्दछ, तर व्यवहारमा ऊ पुरै एउटा दक्षिणपन्थी नवप्रतिक्रियावादी लाइनमा गइसकेको छ र अहिले सरकारमा छ ।

दोस्रो मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), जसले अहिले मध्यपन्थी मार्ग अपनाएको छ र आफूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र अन्य क्रान्तिकारी बीचमा पेन्डुलम बनाएको छ । उसमा ओली र वामदेवमोह बलियो बन्दै गएको देखिन्छ । कुरामा तथा लेखमा क्रान्तिकारी तर व्यवहारमा घोर दक्षिणपन्थी नवप्रतिक्रियावादी तथा स्वघोषित कम्युनिष्टहरूसित मित्रतापूर्ण सम्वन्ध कायमै राख्न खोज्ने यसको चरित्र हो । मौका परे त्यही दक्षिणपन्थी नवप्रतिक्रियावादी तथा स्वघोषित कम्युनिष्टहरूको सरकारमा पनि जान चाहने तर बाहिर तिनीहरूको विरोध पनि गरेझै गर्ने र क्रान्तिका कुरा पनि गर्ने यसको अर्काे विशेषता हो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आफूलाई नेपालमा माक्र्सवादको नया“ प्रयोग गर्ने एउटा सशक्त क्रान्तिकारी पार्टी हामी हौ भनेर दावी गर्दैछ । ‘एकीकृत जनक्रान्ति’को नामको कार्यदिशा अगाडि ल्याएर । उसले संसदवादको त विरोध गरेको छ तर यही प्रतिक्रियावादी सरकारसित वार्ता गर्न इच्छुक देखिएको पनि छ । उक्त पार्टीका नेता नेत्रविक्रम चन्दको विश्वास छ– २०६२ को चुनवाङ बैठकले लिएको कार्यदिशा सही थियो, प्रचण्ड र बाबुरामले टेबुलमा गल्ती गरेका हुन् । त्यसैले उक्त पार्टी एक पटक नेत्रविक्रम चन्दको नेतृत्वमा टेबुलमा बस्न चाहन्छ र त्यसमार्फत सरकारमा गएर परिवर्तनका लागि देश र जनताको पक्षमा केही उत्साही काम गरेर देखाउन चाहन्छौ भन्ने उसको दावी छ । र त्यसै दिशामा यो पार्टीको सबै कृयाकलाप केन्द्रित देखिएको छ । नेत्रविक्रम चन्द के हुन् ? क्रान्तिकारी हुन् कि ? अराकतावादी वा दुस्साहसवादी के हुन् ?

भन्न अझै कठिन देखिएको छ । २०५२ सालपछि अहिलेसम्म प्रचण्डले पार्टीभित्र र बाहिर जे जस्ता व्यवहार– जनवादी केन्द्रीयता विरोधी, पार्टी निर्णयभन्दा आफूलाई सर्वोच्चतामा राख्ने र आफ्ना हरेक कृयाकलापलाई पार्टीभित्रै अपारदर्शी बनाउने र क्रान्तिको नाममा ती सबैलाई सही सावित गर्नेजस्ता प्रवृति, व्यवहार र चिन्तन कतै विप्लवमा पनि विद्यमान त छैन ? मानिसहरू शंका गर्दछन् । इतिहास निर्मम हुन्छ, जसरी प्रचण्डलाई इतिहासले अहिले सतहमा ल्याएर उनी के हुन् भन्ने स्पष्ट पारिदिएको छ । त्यसैगरी एक न एकदिन नेपालका सबै कम्युनिष्ट नेताहरू पनि सतहमा आउनै पर्नेछ । को क्रान्तिकारी हुन् र को संशोधनवादी ? जनधारणा साप्ताहिक

hukumsingh2012@yahoo.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here