पाकिस्तानले मनायो कालो दिवस

350

काठमाडौं / पाकिस्तानले कास्मिरमा भारतीय हस्तक्षेप दिनको रुपमा हिजो अक्टोबर ३१ लाई कालो दिवसको रुपमा मनाएको छ । पाकिस्तानका लागि काठमाडौंस्थित राजदूतावास परिसरमा पनि कालो दिवस मनाइयो । सो क्रममा कास्मिरमा भारतीय सेनाबाट भएको ज्यादति श्रव्यदृश्यका रुपमा प्रशारण गरिएको थियो ।

भारतीय सेनाले कास्मिरका जनसाधारणमाथि गोली चलाएको, अश्रुग्यास फालेको, महिलाहरु बलात्कार गरेको, बच्चाहरुलाई अपहरण गरेर मारेको जस्ता घटनाहरु श्रव्यदृश्यमा देखाएको थियो । कार्यक्रमलाई राजदूत मजहर जाबेदले कास्मिरी जनताको स्वतन्त्रताको लडाइँलाई पाकिस्तानले समर्थन जनाउँदै आएको स्मरण गराउँदै विश्व समुदायले भारतको ज्यादतिबारे बोल्नुपर्ने आवश्यकतालाई औंल्याउनुभएको थियो ।

कार्यक्रममा गोरखा एक्सप्रेस साप्ताहिकका सम्पादक राजन कार्की, राजनीतिक विश्लेषण्क शास्त्रदत्त पन्त, आर्थिक दैनिकका सीताराम भट्टराईलगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेपालका राजनीतिक नेताहरुलगायत लेखक र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here