बलेको आगोमा दौडिने खतरनाक पर्व

201

इण्डोनेसियाको पर्वमध्ये बलेको आगोमा हाम फाल्ने एक विशेष पर्वको हो । जसको नाम हो यादन्या कासदा । यो पर्वमा गरिने क्रियाकलाप झनै विशेष छन् । विशेष मात्र होइन, खतरनाक पर्व पनि ।

यस पर्वका अवसरमा मानिसहरू फाटिरहेको ज्वालामूखीबाट बलेको आगोमा हाम फाल्छन्, दौडिन्छन् । यहाँको पहाडलाई भगवान मानिन्छ । किनकि पहाडले मानिसहरूलाई खाद्यान्न उपलब्ध गराउँदछ ।

इण्डोनेसियाको पूर्वी जाभा प्रान्तस्थित हिन्दु टेंगेरेस समुदायले यो पर्व मनाउँदछन् । मानिसहरूले बलिरहेको ज्वालामुखीको मुखमा अन्नपात तथा खानेकुरा चढाएर पुजा गर्दछन् । जुन महिनामा यो पर्व मनाइन्छ । पर्वको चौधौँ दिनमा उक्त समुदायका मानिसहरू ७६४१ फिट अग्लो सक्रिय ज्वालामुखी पहाड ब्रोमोमा चढ्दछन् अनि पुजाआजा सुरु गर्दछन् ।

यसो गर्नाले रोगब्याधी तथा प्राकृतिक विपत्तिबाट सुरक्षित भइने विश्वास उनीहरूको छ । ज्वालामुखीको मुखमा हाम फाल्ने र त्यहाँ चढाइएका सामान लिएर फर्किने प्रचलन रहेको यो पर्वको चलन निकै खतरनाक मानिन्छ । १५औँ सताब्दीदेखि यो पर्व मानिँदै आएको छ ।

यस क्रममा ज्वालामुखी पहाडमा मानिसहरू सांस्कृतिक भेषभुषामा नृत्यसमेत गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here