सर्लाही गोलीकाण्ड : कांग्रेस आक्रोशित, परिवारले शव बुझेन

101

सर्लाही / गोली प्रहारबाट कांग्रेस कार्यकर्ताको मृत्यु भएको घटनाका दोषीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। दोषीलाई कारबाही नभएको भन्दै परिवारले मृतकको शव बुझेका छैनन्। पीडित परिवारले झडपमा परी मृत्यु भएका रामविलास महतोलाई सहिद घोषणा, दोषीलाई कारबाही, तथा उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ।

सोमबार कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोमाथि नेकपा कार्यकर्ताले कुटपिट गरेपछि विवाद बढेको र महतोका बुवा रामविलाशको नेकपा कार्यकर्ताले गोली प्रहार गर्दा मृत्यु भएको थियो। घटनाको चार दिन बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता नगरेको रामनगर– ४ का वडा अध्यक्ष रामनरेस महतोले आरोप लगाए।

नेकपाको स्थानीय नेतृत्वले भने उक्त घटनामा आफूहरुको कुनै संलग्नता नरहेको र निराधार आरोप लगाइएको दाबी गरिरहेको छ।

 कार्यकर्ताको मृत्यु भएपछि कांग्रेस समर्थकहरू आक्रोशित भएका छन् । कांग्रेस नेता कार्यकर्ताले बुधवार सदरमुकाम मलंगवामा प्रदर्शन गरिरहेका छन् । मृतक महतोलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई पक्राउ गरेर कारवाही गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेसले बुधवार सदरमुकाममा प्रदर्शन गरिरहेको छ ।

आफूहरुका माग पूरा गर्ने र दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्ने सवालमा सम्बन्धित पक्षले बेवास्ता गरे आफूहरु आन्दोलनमा उत्रने मृतकका आफन्तले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here