स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी

99

स्वाभिमान संवाददाता, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्जको तयारी गरेको छ ।

प्रधानमन्त्रीको उपचारमा संलग्न डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा आइसकेको छ । प्रधानमन्त्रीलाई नशा मार्फत दिइदै आएको औषधीपनि कम गरिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ, प्रेसर, सुगर, ज्वरो नियन्त्रणमा आइसकेको छ, उनले भने । प्रधानमन्त्री ओलीलाई आज बेलुवा वा शनिबारसम्म अस्पतालबाट डिस्चार्ज गरिने सा. सायमीले जानकारी दिए ।

दशै लगत्तै बिरामी परेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान श्वास प्रश्वासमा समस्या भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । अस्पतालले उनको छातीमा संक्रमण भएको र रगतमा चिनीको मात्रा असन्तुलन भएको जनाएको थियो । भाइरल ज्वरोका कारण अस्पतालमा घरमै आराम गरिरहेका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार नभएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली नेकपाले गत शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन सकेका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here