प्रचण्डको अभिव्यक्तिले नेकपामा सनसनी मच्चियो

110

काठमाडाैं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको विकास निर्माणमा क्रान्ति ल्याउने समय आएको जनाएका छन् ।

प्रदेश नम्बर ५ को बुटवलमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले अब बिकास निर्माणमा क्रान्ति ल्याउने समय आएको जनाउदै उनले भने, ‘अस्ति भर्खरसम्म बर्खा थियो। हिलोमैलो थियो। हिलोमा पिच गर्न भएन। सरकारले गाडी एक नम्बरमा गुडाएको थियो। हिलोमा दुई/तीन नम्बरमा त गाडी गुड्दैन’, प्रचण्डले भने, ‘अब मौसम फेरिएको छ। सरकारको गाडी दुई/तीन नम्बर गियरमा गुड्छ। हाँक्छ हेर्नुहोला।’

केहि समय पहिले सरकारले कामको गति समात्न सकेन भन्दै आलोचनामा उत्रेका प्रचण्डले एकाएक सरकारले गियर बदल्ने भन्दै केहि समय मात्रै पर्खन आग्रह गरेका छन् ।

मन्त्रीमण्डल परिवर्तन गर्नेबारे समेत नेकपामा चर्चा चलेको बेला प्रचण्डको यो अभिव्यक्तिले पुनः नेकपामा सनसनी मच्चिएको उच्च स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here