कम्युनिष्टहरुकाे नालायकीका कारण कांग्रेसीहरुले गजबकाे माैका पाए

91

काठमाडाैं /  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी ओलीको उखान र टुक्काले देश नचल्ने जनाएका छन् ।  

ललितपुर कांग्रेसको गोदावरी नगरपालिका ईकाई समितिले सोमबार गोदावरीमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा निधिले जनताले दिएको जनमतको कदर गर्न साथै  जनताले अनुभूति गर्ने गरी काम गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

देशमा दिन प्रतिदिन शान्ति सुरक्षा खस्कदै गएको भन्दै निधिले कम्युनिस्ट सरकारले हत्यारा, अपराधीहरूलाई संरक्षण गरिरहेको जनाए ।

कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र संविधानलाई रक्षा गर्ने दायित्व कांग्रेस कार्यकर्ताको काँधमा आएको पनि निधिले जनाउँदै  वर्तमान सरकारका गलत क्रियाकलापको खुलेर आलोचना गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कार्यक्रममा कांग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री उदयशम्शेर राणा, युवा नेता एवम् महासमिति सदस्य मीनकृष्ण महर्जनसहितका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here