१२ देशका नागरिकलाई ‘अन अराइभल’ भिसा निषेध

238

काठमाडौं / सरकारले नेपाल आउने १२ देशका नागरिकलाई ‘अन अराइभल’ भिसामा प्रतिबन्ध गरेको छ। नाइजेरिया, घाना, जिम्बावे, स्विट्जरल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाट नेपाल आउने नागरिकको ‘अन अराइभल’ भिसा प्राप्तिमा प्रतिबन्ध गरिएको अध्यागमन विभागले जनाएको छ।

सरकारले ‘अन अराइभल’ भिसामा प्रतिबन्ध गरेका देशका नागरिकले आफूलाई पायक पर्ने विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगबाट अग्रिम ‘अन अराइभल’ भिसाका लागि अनुमति लिएर मात्र नेपाल आउन सक्ने व्यवस्था गरिएको काफ्लेको भनाइ छ।

यी देशबाट नेपाल आउने (सरकारी र कूटनीतिक राहदानीबाहेक) नागरिकका हकमा प्रवेश बिन्दुमै ‘अन अराइभल’ भिसा प्राप्त गर्ने सुविधा नदिएको विभागको भिसा शाखाका दीपक काफ्लेले जानकारी दिए।

सरकारले ‘अन अराइभल’ भिसा प्राप्त नगरिएका देशबाट नेपाल आउन चाहने नागरिकले नेपाल आउनुभन्दा एक महिनाअघि नै अध्यागमन विभागलाई जानकारी गराउन पनि भनेको छ।

पछिल्लो समय ‘अन अराइभल’ भिसामा आई नेपालभित्र बस्ने विदेशीको संख्या वार्षिक रुपमै बढ्दै विभागको बुझाइ छ। त्यस्ता देशबाट प्रवेश गरी शरणार्थी भएर बस्ने संख्या बढ्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here