१५ लाख लिएर फिल्म खेल्ने पूजाको तयारी

189

फिल्म ‘रामकहानी’ बाट राम्रो चर्चा पाउन सफल अभिनेत्री पूजा शर्मा अब नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा व्यस्त हुने भएकी छिन् । सुदर्शन थापाको निर्देशनमा पुनः काम गर्न लागेकी उनले सोमबार दिउँसो मात्र उक्त फिल्म साइन गरेकी हुन् । यो फिल्ममा न पूजा न त सुदर्शन नै निर्माताको रुपमा रहनेछन् ।

ए.वि प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ । अमित​ कुमार​ ब​स्नेत​ र​ अजित​ कुमार​ थापाको निर्माण रहने फिल्ममा अभिनेत्री पूजाले १५ लाख पारिश्रमिक बुझेकी छन् । निर्माता र अभिनेत्रीबीच भएको कागजी सम्झौतामा रकम पनि उल्लेख छ ।

म्यूजिकल लभ स्टोरी ‘सम्हालिन्छ कहिले मन’ का लागि अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, सुगम पोखरेलले संगीत दिएका छन् ।

पूजाको अपोजिटमा दुई हिरो हुने यो फिल्मको डेढ महिनापछि छायांकन सुरु हुने जनाइएको छ । नव–नायक सोनम तोप्देन पक्का भएपनि अर्को नायकको खोजी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here