‘बिना बर्दीका पुलिस’ बोलको गीत लोकार्पण

223

काठमाडौं / नागरिक-प्रहरी सहकार्यमा जनचेतनामूलक कार्यक्रम अन्तर्गत ‘बिना बर्दीका पुलिस’ बोलको गीत नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा शुक्रबार आयोजित विशेष कार्यक्रमवीच लोकार्पण भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र वरिष्ठ संस्कृतविद सत्यमोहन जोशीले संयुक्तरुपमा उक्त गीत लोकार्पण गर्नुभयो । लोकार्पणको क्रममा सो गीतका गायक विजय मान्नधरले उक्त गीत लाइभ गाउनुभएको थियो ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले गीतको लोकार्पण पश्चात स्रष्टाहरुबाट सेवामा समर्पित रहने खालको गीतहरुले अहोरात्र राष्ट्र र नागरिकको सेवामा समर्पित भई खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरुमा थप उर्जा प्राप्त भएको जनाउनुभयो ।

नेपाल सरकारले अंगिकार गरेको नीति राष्ट्रको मात्र नभई सम्पूर्ण नागरिकको चाहना रहेको चर्चा गर्दै उक्त चाहनालाईमूर्तरुप दिनका लागि प्रहरी संगठन सदैव क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभयो ।

उक्त अवसरमा वरिष्ठ संस्कृतविद सत्यमोहन जोशीले नेपाल प्रहरीमा नयाँ नेतृत्वसँगै प्रहरीले प्रवाह गर्ने सेवामा थप गतिशिलता तथा नविन तौरतरिका आएको चर्चा गर्दै सवै नागरिक विना बर्दीका प्रहरी भएकोले सबैले आ-आफ्नो ठाउँबाट राष्ट्रको सेवा गर्न यो गीत मार्फत थप प्रेरणा मिल्ने जनाउनुभयो ।

‘बिना वर्दीका पुलिस’ बोलको गीतका रचनाकार रमेशचन्द्र अधिकारी, संगीतकार भूपेन्द्र रायमाझी र गायक विजय मान्नधर रहनुभएको छ ।

उक्त गीतका गीतकार रमेशचन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, राष्ट्रिय अनुसन्धानका विभागका अधिकृत, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक, संचारकर्मी लगायत प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here