इन्टरपोल महासभामा भाग लिन महानिरीक्षक खनाल दुबइ प्रस्थान

197

काठमाडौँ, अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) ८७ औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल शुक्रबार दुबइ प्रस्थान गरेका छन् । आइतबार देखि संयुक्त अरब इमिरेट्सको दुबइमा हुने महासभामा सहभागी हुन उनी त्यसतर्फ लागेका हुन् ।

महासभामा १९२ देशका प्रतिनिधि सहभागी हुने तथा त्यसमा सदस्य राष्ट्रहरुका वार्षिक प्रतिवेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका पदाधिकारीहरुको निर्वाचन हुने, सदस्यताका लागि आवेदन गर्ने नयाँ देशहरुका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच द्विपक्षीय छलफल हुनेछ ।

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, सन् २०१७ को बजेटसम्बन्धी बाह्य लेखा परीक्षकको प्रतिवेदन, सन् २०१९ का कार्यक्रम तथा खर्च बजेटसम्बन्धी प्रस्ताव, आतङ्कवाद र आतङ्ककारी क्रियाकलापमा लगानी, साइबर अपराध, मानव बेचबिखनजस्ता विषयमा सङ्कल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here