काठमाडौं / वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले आज सोमबार ललितपुर महानगरपालिका वडा नं ७ ग्वार्कोबाट अवैध रुपमा संरक्षित वन्यजन्तु जिवित कछुवा खरिद बिक्री गर्ने एक जना पक्राउ गरेको छ ।
जिवित कछुवा १२ ओटा उद्दार गरी बेच्न राखेको अवस्थामा दोलखा भिमेश्व्र न पा वडा नं २ बस्ने रशिक श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी टोलीले जनाएको छ ।
श्रेष्ठलाई कारवाहीको लागि डिभिजन वन कार्यालय ललितपुरमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

















