ललितकला क्षेत्र राष्ट्रको गौरव

214

-विजय खत्री

पहिचान र सभ्यताको द्योतकको रुपमा ललितकला नेपाल र नेपालीको अभिन्न अंग हो । ललितकलाको विकास, विस्तार र नेपालीको पहिचान होस् भन्ने हेतुले स्वर्गीय राजा विरेन्द्रको अध्यक्षतामा वि.स. २०२२ सालमा स्थापना भएको नेपाल ललितकला संस्था स्थापना भएको हो । वि.स. २०६२/६३ सालको अनआन्दोलन पश्चात् नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना भयो । स्थापना पश्चात ललितकलाको केही हतसम्म विकास भए पनि जुन उत्साह, उमंगले प्रतिष्ठानको जन्म भएको हो त्यही तवरले अगाडी बढ्न नसकेको अवस्थामा अब आउँनै आँटेको प्रज्ञापरिषद्ले नेपाली कलाकार, कलापारखीहरुमा पुनः उत्साह थप्ने विस्वास छ ।

वि.स. २०७२ सालको महाभूकम्पले प्रतिष्ठानको भवन घाइत भए पश्चात ललितकला सङ्ग्रहालय, अरनीको ग्यालरीको पनि अवसान भएको छ । जसका कारण नेपालका मूर्धन्य कलाकारहरु ः वालकृष्ण सम, लैनसिँह वांदेल, कालिदास श्रेष्ठ, शशि विक्रम शाह, उत्तम नेपाली, भद्राकुमारी घले लगायतका कलाकृतिहरु कुना परेका छन् भने कलापारखीका लागि नेपाली कलाकारहरुद्वारा सृजित कलाकृतिहरु हेर्ने चाहानेहरुलाई आघात पुगेको छ । पहिलेदेखि नै नेपाली ललितकलाको ख्याति विदेशसम्म पुगेकोले पनि होला हाल धेरै विदेशीहरु आएर यत्तिकै फर्किनु पर्ने अवस्था रहेको छ । त्यसैले ललितकला सङ्ग्रहालय निमार्ण गरी संचालन गर्नु जरुरी रहेको छ । यदि सङ्ग्रहालय व्यवस्थित तवरमा संचालन गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरी आम्दानी गर्न सकिने छ । जसले नेपाली कलाकृति र कलाकारहरुको ख्याति अझ बढेर जानेछ ।

Image result for ललितकला

त्यस्तै प्रतिष्ठान भित्र २÷३ वटा ग्यालरीहरु निर्माण गर्न अत्यावश्यक रहेको छ । ग्यालरी निर्माण गर्ने हो भने कलाकारहरुले आफ्ना कलाकृति प्रदर्शनी गर्नको लागि सजिलै ठाउँ उपलब्ध हुने थियो भने ग्यालरी भाडामा दिएर प्रतिष्ठानको आम्दानी बढाउन सकिन्छ साथै ग्यालरीहरुमा कलाकृतिहरु प्रदर्शनी हुने हुनाले कलाकारहरुको जमघट भई नयाँ–नयाँ शैली, प्रविधीको जानाकारी आदान–प्रदान हुँदा नेपाली ललितकलाको विकास हुने देखिन्छ ।

प्रतिष्ठानले नेपालका विभिन्न भागमा छरिएर रहेका कलाकारहरु र कलाकृतिहरुको अध्ययन अनुसन्धान गर्न आवश्यक छ साथै दबिएर बसेका कलाकारहरुलाई ललितकलाको मूख्य धारमा ल्याउनु पर्ने छ । फिल्म, नाटक, साहित्य आदि जसरी जनप्रिय छन्, त्यसरी नेपाली ललितकला किन जनप्रिय हुन सकेन भन्ने सम्बन्धमा गहिरो अध्ययन गरी त्यसलाई प्रभावकारी ढंगले अगाडी बढ्नु पर्ने देखिन्छ । विगतमा प्रतिष्ठानले केही कलाकारहरुको विवरण संकलन गरे ता पनि त्यसको उद्देश्य अनुसारको काम भयो कि भएन, केलाउन जरुरी छ ।

यस प्रतिष्ठान आफैले मात्रै देशका विभिन्न क्षेत्रहरुमा गई आवश्यकता अनुसारका कार्यक्रमहरु गर्न नसक्ने भएकाले विभिन्न सँघ–सँस्थाहरुसँग समन्वय गरि कार्यक्रमहरु गर्ने गर्नु पर्दछ । जसले गर्दा सम्बन्धित् ठाउँका कलाकारहरुले अपनत्व महसुस गरि कार्यक्रम प्रभावकारी ढंगले गर्न सकिन्छ । साथै प्रतिष्ठानले विदेशी कलाकारहरुसँग समन्वय सहकार्य गरी नयाँ–नयाँ प्रविधि, रंग, ब्रस, अन्य औजारहरुको बारेमा छलफल, गोष्ठी, कार्यशालाहरु गर्ने गराउने गर्न जरुरी छ ।

समयमा नै भवन निर्माण नहुँदा प्राज्ञपरिषद् सदस्य, कर्मचारी, पुस्तकालयको लागि कोठाको अभाव छ । पुस्तकालयमा नेपाली लेखक, विदेशी लेखक लगायत विभिन्न देशका कलाकारहरुद्वारा लेखिएका पुस्तकहरु पाँच हजार भन्दा धेरै रहेका छन् । ती पुस्तकहरु हाम्रो अमूल्य सम्पत्ति हुन । पुस्तकहरुको जर्गेना गर्नु हाम्रो कर्तव्य हो । त्यसैले पनि भवन निर्माणमा जोड दिनु पर्ने देखिन्छ ।

ललितकला प्रतिष्ठानको नाममा रहेको २४ र बलमन्दिरसँग साझेदारीमा २९ रोपनी जग्गा भए ता पनि त्यसको उचित परिचालन गर्न नसकिरहेको आवस्था छ । त्यहाँ भवन निर्माण गरि व्यस्थित रुपमा म्यूजिय, ग्यालरी, कार्यक्रम हल बनाउँदा कलाकारको गौरव बढ्ने थियो ।

अन्त्यमा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा तेस्रो कार्यकालका लागि नियुक्ति हुने प्राज्ञपरिषद् सदस्यहरुले चार वर्षे कार्ययोजना सहित आउन सकेमा त्यसले कला र यसका क्षेत्रमा सकारात्मक दृष्टिकोण निर्माण गर्न सघाउ प¥याउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here