मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? अब २१ दिनसम्म चार्ज टिक्ने नोकिया–१०६ मोडेल बजारमा

211

काठमाडौं /  तपाईँलाई फोनमा धेरै कुरा गर्नुपर्छ ? मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? अब ढुक्क हुनुहोस्, नोकियाले ब्याट्रीलाई मध्यनजर गर्दै बजारमा नयाँ मोबाइल ल्याएको छ ।

मोबाइल निर्माता कम्पनी नोकियाले नोकिया–१०६ मोडेलको मोबाइलको ब्याट्री एकपटक चार्ज गरेपछि २१ दिनसम्म टिक्ने दाबी गरेको छ ।

८०० एम्पियरको ब्याट्री रहेको यो मोबाइलबाट लगातार कुरा गर्दा पनि १५.७ घण्टा कुरा गर्न सकिने कम्पनीले जनाएको छ। तर लगातार यति लामोसमयसम्म खासै कुरा नहुने भएको भन्दै ब्याट्रीको स्ट्यान्डबाई क्षमता २१ दिन भएको कम्पनीले जनाएको छ ।

नोकिया १०६ मा ४ एमबीको स्टोरेज रहेको छ । यसमा २ हजार कन्ट्याक्ट सेभ गर्न सकन्छि ।यो मोबाइलको कलर स्क्रिन १.८ इन्च (१६० ह १२० पिक्सेल) रहेको छ । यो मोबाइलमा क्लासिकल गेम स्नेक रहेको छ भने नाइट्रो रेसिङ, डेन्जर ड्यास तथा टेट्रिस किनेर खेल्न सकिन्छ ।

नेपाली बजारमा भने केही दिनपछि मात्रै यो मोबाइल उपलब्ध हुनेछ । यो मोबाइलको मूल्य भारतीय बजारमा १७०० भारतीय रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here