गृहमन्त्रालयमै विष पिएका कुलप्रसाद भट्टराई (कुसुम)को हुन् ?

239

कालिकोट / बुधबार गृहमन्त्रालय पुगेका पूर्वलडाकु कुलप्रसाद भट्टराईले गृह मन्त्रालयमै साँझ विष सेवन गरेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो। उनी अहिले अस्पतालमा छन् । यो खबर सुनेका उनका परिवारजन यतिबेला तनावमा छन्।

द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए ।

गृहमन्त्रालयमै खल्तीबाट विष निकालेर सेवन गरेका भट्टराई को हुन् ?

कालिकोटको शान्नित्रिवेणी गाउँपालिका ६ का कुलप्रसाद भट्टराई (कुसुम) माओवादी द्वन्द्व उत्कर्षमा रहेको बेला २०५८ मा भूमिगत भएका थिए। उनलाई माओवादीले लडाकु दस्तामा भर्ती गरायो। पूर्व जनमुक्ति सेना कुलप्रसाद भट्टराईलाई पार्टीले ‘कुसुम’ नाम दियो। माओवादी सेनामा उनी यही नामले परिचित भए।

भूमिगत हुँदा १७ वर्षमात्र भएका कुसुम अहिले ३४ वर्षका भइसके। उनी ४०र४५ जना लडाकुको नेतृत्व गरेर प्लाटुन कमाण्डर पनि भए। सामान्य लेखपढ मात्र रहेका अर्घाखाँची, म्याग्दीको बेनी, बर्दियाको बेलासपुर, कैलालीको आमखैया, भजनी, जुम्ला खलंगाका भिडन्तहरूमा खटिएका थिए। द्वन्द्वको अन्तिममा कालिकोटको पिली आक्रमणमा उनी सहभागी भएका थिए।

शान्नित्रिवेणी गाउँपालिका ६ ९साविक मेहेलमुडी गाविस ८० स्थायी घर भएका कुसमको शरीरका विभिन्न भागमा गोली र गोलीका छर्रा समेत रहेका छन्।

शान्नि सम्झौता भएपछि ८ वर्ष नवलपरासीको अरुणखोलामा रहेको ४ नम्बर डिभिजनमा समय बिताएका उनलाई अनमिनले अयोग्य घोषित गर्दै ब्यारेकबाट फर्काइएको थियो।

बहिर्गमनमा परेका लडाकुले स्थापना गरेको बहिगर्मित जनमुक्ति सेना नेपालमा उनी केन्द्रीय सदस्य पनि छन्। यो संगठनले बहिगर्मित जनसेनाको उपचारको लागि लामोसमयदेखि सरकारसँग माग राख्दै आएको छ। तर अहिलेसम्म सुनुवाई भएको छैन।

यही अभियानअन्तर्गत कुसुमले पनि आफ्नो उपचारको लागि पार्टी र सरकारसँग पटक पटक आग्रह गरेका थिए। तर, उनको आग्रह सुनिदिने कोही भएनन्।

अयोग्यको मुख्य कारण (कम उमेर)

अनमिनको प्रमाणिकरणमा अयोग्य हुनुको मुख्य कारण कम उमेर भएको कुसुमका भिनाजु तत्कालीन माओवादी केन्द्रका नेता नहकुल संज्याल जनाउँछन्। ‘कुसुम अयोग्य हुनुको मुख्य कारण नै १८ वर्ष नपुगी जनमुक्ति सेनामा भर्ती भएकोले हो’, धेरै समय उनीसँगै बिताएका संज्यालले भने, ‘त्यतिबेला अनमिनले शान्ति सम्झौता भइसकेपछि भर्ती भएको र कम उमेरको व्यक्तिलाई अयोग्य बनाएको थियो।’

अनमिनको प्रमाणिकरणमा ‘अयोग्य’ भएर ब्यारेकबाट बाहिरिएपछि उनी गाउँ जान चाहेनन्। शरीरमा गोली र छर्राहरूको दुखाईको उपचार गराउन आफन्त र साथीहरूसँग लिएको करिब ७ लाख रुपैयाँ सकिइसक्यो।

‘ब्यारेकबाट बाहिर आएपछि कि सुर्खेत बस्यो कि काठमाडौं’, भिनाजु संज्यालले भने, ‘उपचारका लागि मागेको पैसा पनि खान बस्नमै सकियो। अयोग्य भनिएयता ऊ निकै फ्रस्टेशनमा थियो।’

कुसुम यसपटक दसैं मान्न गाउँ गएका थिए। फर्किने बेला उनी सरकारसँग राहत मागेर उपचार गराउने भनेर फर्केका उनका दाई हंशराज भट्टराई जनाउँछन्। ‘उपचार गराउँछु भनेर गएको हो’, उनका दाजुले भने।

एक वर्ष अघि रामेछापकी सरिता थापामगर ९२३० सँग उनको विवाह भएको थियो। श्रीमान विष खाएर अस्पतालको शैयामा छन् भन्ने खबर पाएपछि उनी चिन्तामा छिन्। ‘बुहारी कसैसँग पनि बोल्न मानेकी छैनन्। चिन्तामा छिन्’, कुसुमका दाई हंशराजले भने, ‘भाइ काठमाडौंमा अस्पतालमा बेहोस्। बुहारी बेडमै बेहोस् जस्तै छन्।’

वृद्ध भइसकेका बाबुआमालाई भने यसबारे जानकारी दिइएको छैन। आर्थिक रुपमा कमजोर यो परिवार उनलाई काठमाडौं भेट्न जान पनि ऋण खोज्नुपर्ने अवस्थामा छ। हंशराजले भने, ‘म सामान्य खेती किसान गर्ने मान्छे हुँ। जनयुद्ध लड्दा गरिबका दिन फेरिन्छन् भन्थे तर हाम्रो अवस्था उस्तै छ।’अन्नपूर्ण पोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here