नेकपाभित्र असन्तुष्टि चर्कियो, तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग

76

काठमाडौँ, पार्टी एकीकरण भएको ६ महिनासम्म पनि पार्टीका गतिविधिहरु अघि नबढाइएको भन्दै नेकपाभित्र तिव्र असन्तुष्टि बढेको छ । लामो समयसम्म स्थायी कमिटी तथा केन्द्रीय समितिको बैठक बोलाउन नसकेको नेकपाभित्र विरोधका स्वर सुनिन थालेका छन् । बुधबार मात्र नेकपाका २२ जना केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । उनीहरुले बिहीबारबाट बस्ने सचिवालय बैठकबाट तत्काल केन्द्रीय कमिटीको बैठक आह्वान गर्न माग गरेका छन् ।
‘‘पार्टीको माथिल्लो तहमा एकीकरण भए पनि तल्लो तहसम्म एकीकरण नभएको र यसले गर्दा तल्ला तहका नेता कार्यकर्तामा निराशा छाएको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरुले तत्काल पार्टी एकतालाई टुङग्याउन माग गरेका छन् । केन्द्रीय कमिटीको कार्यविभाजनसमेत गर्नुपर्ने उनीहरुको माग छ । पार्टी एकीकरण पश्चात् पार्टीको केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । ज्ञापनपत्रमा पोटिलब्यूरो गठन, सरकार र पार्टीबीच सम्बन्ध सुधार गर्नुपर्नेलगायतका माग राखिएका छन् । ज्ञापनपत्र बुझाउन नेकपा केन्द्रीय सदस्य डा विजय पौडेल, गरिमा शाह, रामकुमारी झाँक्री, निरज आचार्यलगायतका नेता पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here