काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले (नेकपा)ले आम सभाको आयोजना गरेको छ। पार्टी पुनर्गठनका अवसरमा आयोजित भनिएको जनसभाका लागि भृकुटीमण्डपको बीच सडकमा ठाउँ तयार पारिएको छ।
नेकपाले आम सभाको सभाका लागि प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको गेट अगाडी मञ्च बनाइएको छ। सभा १ बजेदेखि सुरु हुने जनाइएको छ।
विप्लव नेतृत्वको पार्टीले यस सभालाई आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ।




















