मेक्सिकोबाट अमेरिका छिर्ने आप्रवासीमाथि अश्रुग्यास प्रहार

234

मेक्सिको / स्यान डिएगोमा मेक्सिकोबाट ठुलो संख्यामा अवैध आप्रवासी अमेरिका छिर्न थालेपछि अश्रुग्यास प्रहार गरिएको छ । अमेरिका-मेक्सिकोबीच सबैभन्दा ठुलो सीमा चौकी नजिक आप्रवासीफ र सुरक्षाबलबीच झडप भएको छ ।

यो सीमा खुलेलगत्तै मेक्सिकोबाट ठुलो संख्यामा अवैध आप्रवासी अमेरिका छिर्न लागेका थिए । जब सीमा चौकीबाट आप्रवासीलाई बाटो दिइएन तब उनीहरु नजिकैको एक सुख्खा नहरबाट अमेरिका पस्न खोजे ।

त्यसपछि अवस्थालाई नियन्त्रणमा लिन ट्रम्प प्रशासनको निर्देशनका आधारमा सुरक्षाबलले त्यहाँ अश्रुग्यास बर्सायो । प्रवासीहरुमा धेरैजसो महिला र बालबालिका थिए । घटनापछि पाँच घण्टासम्म सीमालाई बन्द राखिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि अमेरिकामा कानुनी रित पुर्‍याएर आउने आप्रवासीलाई मात्रै प्रवेश गर्न दिने बताएका थिए । मानवाधिकार संगठनले ९ नोभेम्बरमा ट्रम्पको यस निर्णयविरुद्ध अदालतमा रिट हालेका थिए । सान फ्रान्सिस्को जिल्ला अदालतले ट्रम्पको निर्णयलाई उल्ट्याइदिएको थियो ।

अदालती आदेशपछि ट्रम्पले यदि मेक्सिकोबाट आउने आप्रवासीको संख्या नियन्त्रण भन्दा बाहिर गएको अवस्थामा सीमालाई पुरै बन्द गरिदिएर आप्रवासीमाथि कारवाही थाल्ने जनाएका थिए ।

आप्रवासीमाथि क्षति पुर्‍याउने ट्रम्पको यो भनाइको मेक्सिकोमा विरोध सुरु भएको थियो । मेक्सिकोमा प्रदर्शनमा उत्रिएका करिब ५ सय आप्रवासीहरु सान डिएगोको सीमामा पुगेर अमेरिकामा छिर्ने कोशिश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here