दाङ / दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही उप महानगरपालिका वडा नं ४ स्थित माडी हार्डवयरका सञ्चालक नन्दवहादुर घर्तिको हत्यामा संलग्नलाइ पहिचान गरी कारवाहीको माग गरेको छ ।
संघका अध्यक्ष नारायणप्रसाद भुसाल र महासचिव नरेश कार्कीले शुक्रवार विज्ञप्ती जारी गरी यस्तो माग गरेका हुन् । विज्ञप्तीमा घटनाको निष्पक्षरुपमा छानविन गरी दोषी लाई कडा भन्दा कडा कारवाहीको माग गरीएको हो ।
व्यवसायीहरुलाई ढुक्क भएर व्यवासाय गर्ने वातावरण मिलाउन समेत आग्रह गरीएको छ । दिन दहाडै हुने यस प्रकारका घटनाले व्यवसायीहरु असुरक्षीत भएको समेत विज्ञप्तीमा उल्लेख गरीएको छ ।
हत्याको संघको शुक्रवार वसेको वैठकले शोक प्रस्ताव समेत पारीत गरेको छ भने विरोधमा शुक्रवार सम्पूर्ण व्यवसाय बन्द गर्न समेत आह्वान गरिएको थियो । संघले बन्द गर्न आह्वान गरेपछि यस क्षेत्रका व्यसायहरु बन्द भएका थिए ।


















