प्रदेश २ को नाम मधेश प्रदेश राख्नुपर्छ : स्वास्थ्य मन्त्री यादव

353

 महोत्तरी / उपप्रधान मन्त्री एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश उपयुक्त हुने जनाएका छन् । महोत्तरीको पिपरामा क्षेत्रिय कार्यालय उद्घाटन पश्चात पार्टी प्रवेश कार्यक्रममा उनले प्रदेश २ मधेशको भूमि भएकोले नाम मधेश प्रदेश राख्न यस्तो प्रतिकृया दिएका हुन् ।

कार्यक्रममा उनले प्रदेश २ मा मधेशीको आफ्नै सरकार र बहुमत भएर पनि प्रदेशको नामाकरण गर्न मुख्यमन्त्रीले किन नसकेको भन्दै प्रश्न उठाएका थिए ।

संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्षसमेत रहेका यादवले वर्तमान संविधान त्रुटीपुर्ण रहेको र विगतमा त्यसकै लागि मधेशी दलले आन्दोलन गर्दा पनि अझै संविधान संसोधन नगरेको भन्दै मधेशको वर्तमान उपलब्धीलाई संरक्षित गर्न र थप अधिकारको लागि निरन्तर संघर्ष गरिरहने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here