मोटर साइकल दुर्घटनामा तीन जनाको मृत्यु

105

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोइलमा बुधबार अनियन्त्रित भइ मोटर साइकल दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ ।

मृतक मध्ये एक जना जनकपुरधाम उपमहानगरपालिका वडा नं.११ का २२ वर्षीय कुनाल कुमार साह रहेको र अन्य दुई जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको देउरी परवाहाबाट जनकपुरधामतर्फ दिउँसो करिब सवा ४ बजेको समयमा आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनै जनाको प्रादेशिक अस्पताल जनकपुरमा लगिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको संचार शाखाले जनाएको छ ।

मृतकहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र अन्य मृतकको पहिचान खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here