प्रधानमन्त्री ओलीलाई नेतृत्व र सुशासन पुरस्कार लिन अफ्ठयारो लागेन ? – रवीन्द्र मिश्र

196

प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फाउन्डेसनबाट करिब १ करोड ११ लाख रुपैयाँसहितको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ अवार्ड थापेपछि आलोचनाका शिकार भएका छन् ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ओलीको आलोचना गर्दै आफ्नो धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पाएको अवार्डले सम्मान नभइ अपमान गरेको जनाएका छन् । ‘यो त अति भयो। तपाईं देशको प्रधानमन्त्री-हामी सबैको प्रधानमन्त्री देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो, उनले भनेका छन्, ‘ त्यसैका लागि शिर झुकाउने ? धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने ?’

पछिल्लो समय कु-शासन र खराब नेतृत्वका कारण आलोचित भइरहेकाले बेला यो पुरस्कार लिनु सरासर अनुचित भएको मिश्रको भनाइ छ । ‘देशमा खराब नेतृ्त्व र कुशासनका लागि हरदिन यतिबिघ्न आलोचना भइरहेका बेला ‘नेतृत्व र सुशासन पुरस्कार लिन अफ्ठयारो लागेन ?’, प्रधानमन्त्रीमाथि कसिलो निशाना लगाउँदै मिश्रले भनेका छन् ।

सरकार एकपछि अर्को भ्रष्टाचार र कु-शासनमा फसेको जनाउँदै मिश्रले प्रधानमन्त्री भ्रममा रहेको जनाए । ‘कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदि सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ ?’, मिश्रले अगाडि सोधेका छन् ।

मिश्रले यस्तै गतिविधि गरिरहेमा प्रधानमन्त्रीको भ्रम अब लामो समय नटिक्ने चेतावनी दिएका छन् । ‘हुन त, बारम्बार जनताकै मत जितेर आउनु भएको हो। सम्भवतस् हामी नेपाली तपाईंकै लागि योग्य छौं भन्ठान्नुभएको होला’, मिश्रले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here