सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

227

भोजपुर / नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले बताउनुभयो । पूर्वी पृतना फिल्ड अस्पताल, रणबम गण र जिल्ला अस्पतालको संयुक्त आयोजनामा मङ्गलबार सञ्चालन गरिएको उक्त शिविरमा ३७० जनाको उपचार गरिएको छ । सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

स्थानीय कुलबहादुर गिरीले भन्नुभयो, ‘आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो । सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ ।’ शिविरमा स्त्रीरोग, नाक, कान, आँखा, घाटीलगायत रोगको उपचार गरिएको थियो । शिविरमार्फत टेम्केमैयुङ गाउँपालिका– ५, ६, ७, ८ र ९ का स्थानीयवासीले सेवा लिएका छन् । डा.पवित्रा श्रेष्ठ, डा . राम श्रेष्ठलगायत चिकित्सकले बिरामीको उपचार गरेका थिए । बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here