अभिनेता दयाहाङ राईले नयाँ फिल्म ‘आप्पा’ मा पहिलो पटक ड्राइभर र पिताको भूमिका निर्वाहा गरेका छन् । । फिल्मको टाइटल क्यारेक्टरमा नै उनी छन् ।
सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको फस्टलुक र प्रदर्शन मिति घोषणा गरिएको छ । पोस्टरमा दयाहाङ र एक प्रेम जोडी प्रस्तुत छन् । अनमोल गुरुङको डेब्यु निर्देशन रहेको फिल्ममा उनी एक छोराको पिताको भूमिकामा छन् । माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मले बाबु-छोराको कथा वाचन गर्ने जनाइएको छ ।
निर्माण टिमले जेठ २४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ । नेपाल रिलिजको एक सातापछि भारतमा समेत प्रदर्शन हुने फिल्ममा दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका छ ।


















