महासमिति बैठकका लागि काठमाडौं कांग्रेसमय

128

काठमाडौं / काठमाडौं उपत्यका कांग्रेसमय भएको छ । चारैतिर चारतारे झण्डाले सिंगारिएको छ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको महासमिति बैठकका लागि तयारी भइसकेको छ ।

काठमाडौंको रामशहापथस्थित योगम्बर पार्टी प्यालेसमा कांग्रेसको महासमिति बैठक हुने भएको हो । बैठकका लागि सबै तयारी गरिएको छ ।देशका सबै जिल्लाबाट आउने महासमिति सदस्यहरूको आउने क्रम जारी छ ।

करीव १ करोड खर्च हुने अनुमान गरिएको महासमिति बैठकका लागि काठमाडौं जिल्लाका सभापति सबुज बानियाँलाई तयारी समितिको संयोजक तोकिएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति पार्टी मुख्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलन गर्दै महासमिति बैठक तोकिएको समयभित्र हुने जानकारी दिएका थिए ।

‘महासमितिको बैठक रामशहापथस्थित योगम्बर पार्टी प्यालेसमा हुनेछ’, उनले भने, ‘धमाधम तयारी भएको छ । देश र विदेशबाट प्रतिनिधिहरू आउने क्रम शुरु भैसकेको छ ।’

मंसिर २८ देखि पुस ३ गतेसम्म हुने महासमिति बैठकका लागि राजनीतिक प्रतिवेदनमा छलफल जारी छ ।

कांग्रेसको चारतारे झण्डाले महासमिति बैठकमा आउने सदस्यहरूको स्वागत गरिने भएको छ । महाधिवेशन प्रतिनिधिहरूको स्वागतका लागि काठमाडौंका प्रमुख चोक र सडकहरूमा नेपाली कांग्रेसको झण्डा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here