कसले दियो कुबुद्धि ? प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गर्दै डा.भट्टराई

208

काठमाडौं / राष्ट्रिय प्राथमिकता प्राप्त केही पूर्वाधार संरचना आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयकमा ठूला आयोजनाको निर्माण सम्झौता सोझै गरिने र यसको निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा बन्ने आयोजना निर्देशक समितिले गर्ने उल्लेख गरिएपछि डा भट्टराईले सचेत हुन आग्रह गर्दै प्रधानमन्त्रीलाई होसयार गराएका छन् ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिस्पर्धै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले सोझै दिन सक्ने कानून बनाउन लागेकोप्रति सामाजिक संजालमा ओली सरकारलाई यस्तो गलत काम गर्दा देश डुब्न बेर छैन भनेका छन् ।

उनले लेखेका छन् –‘यो त ‘बाँदरलाई लिस्नो’ जस्तो भयो ! त्यसै त क्रोनी क्यापिटालिज्मले थला परेको अर्थतन्त्रमा अब कानूनी रूपमै ठूला आयोजना प्रतिस्पर्धा बिना केही मान्छेले चाहेकालाई दिन पाएपछि देश डुब्न कति बेर लाग्ने भो र ! कसले हाम्रा कमाउरेडहरूलाई यस्तो कुबुद्धि दिएको होला ! यसको सबैले सशक्त प्रतिरोध गरौं !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here