गृहमन्त्री थापा र तिब्बतका सुरक्षा व्युरो महानिर्देशकबीच भेट

86

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा र चिनको स्वशासित क्षेत्र तिब्बतका सार्वजनिक सुरक्षा व्युरोका महानिर्देशक झाङ होङ्बाबीच बिहीबार शिष्टाचार भेट भएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चिन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो । गृहमन्त्री थापाले नेपाल र चिनको तिब्बतबीच परापूर्वकाल देखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजान आवश्यक रहेको बताए ।
उनले तिब्बतसँगको नाकामा अध्यागमन कार्यालय विस्तार तथा स्तरोन्नतीका कामलाई नेपालले प्राथमिकतामा राखेर काम गरीरहेको भन्दै सिमा व्यवस्थापनका विषयमा तिब्बतसँग सहकार्य गर्न आफुहरु ईच्छुक रहेको बताए ।
भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गरे ।
भेटमा महानिर्देशक होङ्बोले नेपालमा चिन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनिय रहेको बताए । उनले नेपालका कानुन कार्यान्वयन गर्ने निकाय र तिब्बतका कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here