धेरै कुरामा भारत असन्तुष्ट थियो राजा वीरेन्द्रसंग

408

महाकाली सन्धिमा सफलता पाएपछि नेपाललाई कम्तिमा पनि भुटानको हालतमा पु¥याउने रणनीतिमा भारत लागेको थियो । आरआइबीका पूर्वविश्लेषक भन्छन् – ‘जताबाट पनि प्रहार गरिएपछि जसरी कडा पत्थर कमलो हुन्छ त्यसैगरी मान्छेलाई चेतावनी, शंका, लाञ्छना विरोधको घेराबन्दीमा पारेपछि ऊ आफैं दिग्भ्रमित हुन्छ । ’

‘दरबारको घेराबन्दी जसरी पञ्चायतकालमा कडा थियो,देउवाको ससुराली खलकको माध्यमबाट खुम्च्याउने प्रयत्नमा छिमेकी र अन्य शक्तिहरु लागे । राणाशासनको पतनपछि सम्पत्ति बोकेर भारत पसेका राणाहरु नेपालको राजसंस्था सिध्याउन चाहन्थे । पञ्चायती व्यवस्थाको अवशनताका सवारीमन्त्री रहेका पशुपति शमशेरलाई राजा वीरेन्द्र विरोधी शक्तिले प्रभावमा पारेका म दाबी गर्छु’ एक देश भक्त राणा ठोकुवा गर्छन् –‘पशुपति र उनका भरोटेमार्फत वीरेन्द्रको दैनिकी सधैं होटल एम्बेसेडरमा बस्ने विदेशी दूतलाई पुग्थ्यो । नजानिदो तरिकाले नेपालको एउटा बामपन्थी पत्रिकामा दरबारका गुप्त कुरा पु¥याउने भारतीय एजेन्ट नै त हुन् भन्दिन तर, नेपालको अस्तित्वप्रति वास्ता नगर्ने पराई पोषाक चै पक्कै हुन् ।

‘महाकाली सन्धि भएपछि २०५३ असोज ७ गते ‘र’ प्रमुख रञ्जन राय नपाल आएर तीन दिन होटल एभरेष्टमा बसे । उन िप्रधानमन्त्री देउवाकै निम्तोमा आएका थिए । महाकाली सन्धि राष्ट्रघाती हो भन्दै देशभक्तहरु जागृत भएरहेका थिए । राष्ट्रघाती र देशभक्तहरुको खेमा प्रष्ट देखिरहेको थियो । समाजको सचेत वर्ग महाकाली वारी कि पारी भन्नेमा विभाजित भइरहेको थियो । वास्तवमा देशभक्त नेपालीको एकतादेखि तर्सिएको भारतले सबैको ध्यात सत्ता परिवर्तनतिर मोड्न चहान्थ्यो । देउवाको निम्तोमा आएका ‘र’ प्रमुखले देउवाकै सत्ता ढाल्ने योजना बनाएर फर्के,’ राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन एक डीआइजी भन्छन्–‘राजा वीरेन्द्र विरोधी अभियानमा कांग्रेस र एमालेलाई केन्द्रीत गराउन भारत सक्रिय भयो । २०४६ सालको आन्दोलभरी राजा वीरेनद्रका सूचकका रुपमा रहेका केपी ओलीलाई ‘र’ कि ‘सेक्स स्पाई’ गायत्री इसर कुमारले २०५३ सालदेखि ‘र’को रणनीति अनुसार ‘स्पाई विङ’ स्थापना गरेको पनि जनाए । उनका अनुसार उक्त विभागमा त्यसबेला ६ जना ‘सेक्स स्पाई’ रहेका थिए । अहिले भारतीय दुतावासको भाषामा त्यसलाई ‘पोलिटिकल विङ’ भनिन्छ ।

महाकाली सन्धिपछि केभी राजनको सक्रियता झन् धेरै बढेको थियो । उनी नेपालको प्रधानमन्त्री मै हुँ भन्ने अवस्थामा थिए । नेपालका अधिकाशं संचारमाध्यम उनकै सेरोफेरोमा केन्द्रीत थिए । महाकाली सन्धिपछि देशभक्त नेपालीको नाडी छाम्ने नियतले उनी नेपालका प्रमुख शहरहरुमा गएर पत्रकार सम्मेलन गर्न थाले । ३०५३ साल कत्तिक २९ गते ‘नेपाल–सार्क पत्रकार फोरम’को नाउँमा विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले भने – महाकाली सन्धिको विरोध गर्नेहरु राजाको भत्ता खानेहरु हुन् । भत्ता दिने र खाने  एकैदिन समाप्त हुनेछन् ।’ उक्त पत्रकार फोरम कथित पत्रकार सम्मेलनकै लागि जन्माइएको थियो । विराटनगर जानुअघि मात्र दुतावासकी प्रेस कन्सुलर मोनिका कोपिला मेहताले गठन गराएकी थिइन् ।

केभी राजनले विराटनगरमा व्यक्त गरेको भनाईले नै राजा वीरेन्द्र र नेपाली देशभक्तहरुप्रति भारतको दृष्टिकोण कस्तो रहेको थियो भन्ने पुष्टि हुन्छ । फेरि २०५३ सालकै मंसिर २८ गते प्रधानमन्त्री देउवाले भारतसंग व्यापार तथा पारवहान सन्धि नविकरण गरे । त्यसबेला राजनले भनेका थिए –‘नेपाल भारतबीच धार्मिक सम्बन्ध भएपनि त्यो व्यक्ति विेशेषमा आधारित छैन । व्यक्ति विशेषको धार्मिक सम्बन्ध सदाको लागि अन्त्य हुनेछ ।’यो भनाइको आशय भनेको त्त्कालीन अवस्थामा विश्वका एकमात्र हिन्दू सम्राट मानिएका राजा वीरेन्द्रप्रति इंगित रहेको सहजै बुझ्न सकिन्छ ।

राजा वीरेन्द्रको जनताको मनोभावना बुुझ्न देश भ्रमणमा जाने तयारी थियो । २०५३ सालकै फागुनको पहिलो हप्ता बांके जिल्ला जाने योजना सञ्चारमाध्यमबाट खुलेपछि २०५३ साल फागुन २ गते साउथ ब्लकका  नेपाल विज्ञ टी हरिमश नेपाल आए । ‘अचानक आएका हरिमशले राजा वीरेन्द्रसंग भेटघाट गर्ने समय मागेका थिए । तर, समय मिलेन,’ फर्किने बेलामा अरुण सिंघल मार्फत चेतावनी दिएको भन्दै दरबारका उपसचिव भन्छन् – `सम्राट (वीरेन्द्र) भारतीय हिन्दू संग टाढिनु राम्रो हुँदैन । भारत सरकार सम्राटको बदलिएको आचरणदेखि त्यति खुशी छैन भनेर उनले टेलीफोनमा भने ।´ उनका अनुसार विश्व हिन्दू महासंघलाई नेपालको अस्तित्व भारतमा विलय गराउने अस्त्रको रूपमा भारतले प्रयोग गर्ला कि भन्ने आशंका राजा वीरेन्द्रमा पलाउदै थियो । योगी  नरहरिनाथले मिर्गस्थली आश्रममै बोलाएर वीरेन्द्रलाई भारतीय स्वार्थप्रति सजग गराएपछि राजा वीरेन्द्रले महासंघका अध्यक्ष सिंघलप्रति पनि शंका उब्जाएको ती पूर्व उपसचिवले उल्लेख गरे ।

२०५३ साल फागुन २२ गते कोशी महोत्सवको उदघाटन गर्न राजा वीरेन्द्रको भ्रमण विराटनगर भयो । राजा विरोधी नारा लगाउने प्रचार व्यापक पारियो ।तर सबैले वोरोधमा होइन जयजयकार गरेपछि वीरेन्द्र विरोधीहरु फेरि खिस्रिक्क परे ।फागुन २५ गते काठमाडौं  आएका साउथ ब्लकका एक रणनीतिकार स्वामी अग्निवेशले काठमाडौंका कथित बुद्धिजिवीहरुको भेलामा भनेका थिए – `जबसम्म नेपालमा राजसंस्था रहन्छ, नेपालमा मात्र होइन भारतमा पनि दंगा झडप भइरहन्छ । नेपाली जनताले यो नबुझेसम्म नेपाल र भारतले शान्तिको सास फेर्न सक्दैनन् ।´ `नेपाली वामपन्थीहरुले आफ्ना आदर्श गुरु अर्थात्  मार्क्स भन्दा पनि महान् मान्दै आएका साउथ ब्लकका अर्का रणनीतिकार आनन्दस्वरुप वर्माले त वीरेन्द्रको परिवारसहित नारायणहिटी जलाएको खण्डमा नेपालमा राम राज्य स्थापना हुने तर्क धेरै दिए,´ – वर्माकै सिफारिसमा जवरलाल नेहरु विश्वविद्यालयमा विद्यावारिधि गर्नु गएका एक नेपाली वामपन्थी नेता भन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here