इन्धनको मूल्य बढाउँदै घटाउँदै जनतालाई लुटिरहेको वर्तमान सरकार

121

काठमाडौं / नेपाल आयल निगमले फेरि इन्धनको मूल्य घटाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २र२ रुपैयाँ घटाएको हो।  वर्तमान सरकार बनेपछि ९ पटक मूल्यबृद्धि गरेर ३ पटक घटाइएको छ ।

स्वचालित मूल्य संरचना अनुसार इण्डियन आयल कार्पेरेशन (आईओसिीले) पठाएको नयाँ मूल्य सूची प्राप्त भएपछि इन्धनको मूल्य समायोजन गरेको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। यसअघि पेट्रोलको मूल्य ११२ थियो भने डिजेल र मट्टीतेलको मूल्य ९९ रुपैयाँ थियो। मूल्य समायोजन भएसँगै अब पेट्रोलको मूल्य ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९७ पुगेको छ।

इन्धनमा फाइदा उठाइरहेको सरकारले चर्को मूल्य तिराएर जनतालाई लुटिरहेको छ । नेपाल आयल निगमले उच्च दरमा मुनाफा राखेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आयल निगमले एक महिनामा करिब डेढ अर्ब नाफा सुनिश्चित गरेको छ । निगमले १७ मंसिरदेखि ३ पुसका लागि निर्धारण गरेको बिक्री मूल्यमा ५६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यतिखेर पनि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएर पेट्रोल १ सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटरमा बिक्री गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here