ओली-प्रचण्डले आज ४ बजे बस्ने बैठकमा जवाफ दिने

96

काठमाडौं /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी किमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रम सकिएको छ। प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यले उठाएको प्रश्नको जवाफ आइतबार चार बजे बस्ने बैठकमा अध्यक्षद्वयले दिने भएका छन् ।

आइतबार बसेको स्थायी कमिटी बैठकमा ४५ सदस्यीय स्थायी कमिटी सदस्यहरुले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए। बैठकमा नेता बामदेव गौतमले छुट्टै प्रतिवेदन पेश गरेका थिए। बैठकमा नेताहरुले अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा सरकार र नेतृत्वको आलोचना गरेका थिए।

नेताहरुले अध्यक्षद्वय केपी ओली र प्रचण्डको पार्टी तथा सरकार संचालन कार्यशैलीप्रति असुन्तुष्टी जनाएका थिए। शनिबार नेताहरु माधव नेपाल र झलनाथ खनालले दुई अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए।

उनीहरुले सरकार संचालनमा पार्टीको भूमिका हुनुपर्ने, पार्टीमा छलफल नै नगरी सरकारले एकलौटी निर्णय गर्न नुहने लगायतका माग गरेका थिए। नेता नेपालले प्रदेश इञ्चार्ज र अध्यक्षहरूको जिम्मेवारी सचिवालयले तोक्दा पनि नेपालले पार्टीमा असहमति पत्र बुझाएका थिए । त्यही विषयलाई उनले बैठकमा दोहोर्‍याए । एउटै विधिभन्दा व्यक्ति हेरेर निर्णय गरिएको भन्दै त्यस्ता निर्णय सच्याउन माग गरे । प्रदेश सरकारको जिम्मेवारी लिएकालाई पार्टीको मुख्य जिम्मेवारी दिन नहुने धारणा उनको थियो ।

सबैजसो नेताले सरकार र नेतृत्वको आलोचना गरेका थिए। स्थायी कमिटी सदस्य रघुजी पन्तले त सरकार पुर्नगठन गर्नुपर्ने माग समेत गरेका थिए।

 प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यले उठाएको प्रश्नको जवाफ आइतबार चार बजे बस्ने बैठकमा दिने जानकारी  दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here