काठमाडौं / नेपालबाट उत्पादित विजुली भारत निर्यात गर्न बाटो खुलेको छ । भारतले आफ्नो क्रसबोर्डर विद्युत् व्यापार (आयात-निर्यात) निर्देशिका परिमार्जन गरे सँगै नेपालमा उत्पादित विजुली भारत निर्यात गर्न बाटो खुलेको हो ।
भारत सरकारले सरकारी स्तरका कम्पनीहरु र इजाजतप्रप्त कम्पनीहरुबीचमा सम्झौता भएर विजुली किनबेचको सम्झौता हुन सक्ने व्यवस्था गरेको छ ।
अब भारतमा बिजुली किन्न चाहाने कम्पनीहरुले भारत सरकारबाट अनुमति भने लिनुपर्नेछ । परिमार्जित निर्देशिकामार्फत भारतले क्षेत्रीयस्तरमा ब्यापारका लागि पनि आफ्ना छिमेकी मुलुकसँग यही गााइडलाइनमार्फत बाटो खोलेको छ ।
अब नेपालको विजुली बंगलादेशसहित भारतको बाटो भएर अन्य देशमा बेच्न सकिने बाटो खुलेको छ । भारतीय कम्पनी जीएाआरले माथिल्लो कर्णालीमा उत्पादित विजुली बंगलादशेमा बेच्ने योजना बनाएको छ । जसमा बंगलादेश सरकार सहमत भइसकेको छ ।
भारतले हाल नेपाल, भुटान र बंगलादेशसँग अन्तरदेशीय विद्युत व्यापार गर्दै आएको छ ।
अब माथिल्लो तामाकोशीबाट विजुली उत्पादन सुरु भए पछि वर्षायाममा नेपालले पनि भारतमा बिजुली बेच्न थाल्नेछ । नेपालले वर्षामा भारतलाई बिजुली दिएर हिउँदमा भारतबाट बिजुली ल्याउने योजना बनाएको छ ।


















