विभिन्न रोगबाट पीडित बलिउड स्टारहरु

113

बलिउड जगतमा विभिन्न रोगका शिकार भएका बलिउड स्टारको ज्यान गइसकेको छ ।केही बलिउड स्टारहरुले यही वर्ष मात्र निकै खतरानाक रोगको समना गरिरहेका छन् ।

केही बलिउड स्टारको रोगबारे जानकारी :

सोनाली बेन्द्रे : बलिउड अभिनेत्री सोनाली बेन्द्रेले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत उनलाई यस वर्ष ‘हाइग्रेड मेटास्टेटिक क्यान्सर’ भएको जानकारी गराएकी थिईन । हालसालै उनले न्यूयोर्कमा आफ्नो उपचार गराएर भारत फर्किएकी छिन् ।

अजय देवगन : यही वर्ष बलिउड नायक देवगनले ‘टेनिस एल्बो’ रोगको शिकार हुनु परेको थियो । टेनिस एल्बो रोग लाग्दा मानिसको कुहिनोमा अत्यधिक दबाब पर्छ र बिरामीले चियाको एउटा कप पनि उठाउन सक्दैनन् ।

इरफान खान : बलिउड कलाकार इरफान खानले यसै वर्ष सोसल मिडियाबाट उनलाई ‘न्यूरो एन्डोक्राइन ट्युमर’ भएको जानकारी गराएका थिए । हाल उनी लण्डनमा उक्त रोगको उपचार गराइरहेका छन् । ‘न्यूरो एन्डोक्राइन ट्युमर’ लाई क्यान्सरको सुरुवाती पनि मानिन्छ ।

कपिल शर्मा :भारतका निकै लोकप्रिय हाँस्यकलाकार कपिल शर्मालाई ‘डिप्रेशन’ भएको कपिलका साथी कलाकार अली असगरले पनि एक टेलिभिजन अन्तर्वार्ता मार्फत जानकारी गराएका थिए । कपिलले यस रोगको उपचार गराउनका लागि बेंगलुरुको एक आश्रम पनि गएका थिए ।

दिलिप कुमार : बलिउडका अभिनेता दिलिप कुमार पनि यसवर्ष ‘निमोनिया’ बाट ग्रसित भएका थिए । उनी बारम्बार निमोनियाबाट ग्रसित भईरहे । उनी अस्पतालमा भर्ना भएको खबर पहिलो पटक दिलिप कुमार र सायरा बानोका पारिवारिक साथी फैजल फारुकीले दिलिप कुमारको ह्यान्डलबाट ट्वीट गरेका थिए ।

नफिसा अली : बलिउड अनिनेत्री नफिसा अलीले पनि यही वर्ष आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत उनलाई क्यान्सर भएको जानकारी दिएकी थिइन् । उनलाई तेस्रो श्रेणीको क्यान्सर छ । नफिसाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर पनि सेयर गरेकी थिइन् जसमा उनी सोनिया गान्धीसँग थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here