कालिकोट / नेपाल कम्युनिस्ट पार्टी(विप्लव) समूहले कालिकोटका अग्निपीडितहरूलाई राहत वितरण गरेको छ ।
कालिकोट जिल्लाको पलाँता गाउँपालिका-१ खाडामा ८ पुस राती भएको आगलागी पीडितहरुलाई नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहले ५० हजार नगद र ५० हजारको जिन्सी सामान राहत वितरण गरेको हो।
नेपाल कम्युनिस्ट पार्टी(विप्लव) समूहले अग्निपीडितहरूलाई केन्द्रको निर्देशनअनुसार राहत र पुर्निनिर्माणमा सघाउने जनाएको छ ।
वास्तविक पीडितहरूको पहिचान गरी ‘क’ श्रेणी क्षति पुगेका परिवारलाई २ हजार रुपैयाँ नगद र ३ वटा थाली र ‘ख’ श्रेणीका पीडितहरुलाई १ हजार रुपैयाँ नगद र २ वटा थाली र ‘ग’ श्रेणीका पीडितहरुलाई ५ सय रुपैयाँ नगद र १ वटा थाली राहतस्वरूप प्रदान गरिएको नेकपा (विप्लव)समूहले जिल्ला सेक्रेटरी मनीलाल ऐडी(रणदीप)ले जनाए ।