काठमाडौं / प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ का मुख्यमन्त्री हटाएर नयाँ नियुक्ति गर्ने सहमति भएको जनाइएको छ ।
शनिबार राति दुई नेताबीच भएको छलफलमा मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर नेकपाका नेता एवं तत्कालिन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डललाई मुख्यमन्त्री बनाउने सहमति भएको बालुवाटार उच्च स्रोतले जनाएको छ ।
तत्कालिन एमालेका प्रदेश प्रमुखसमेत रहेका सत्यनारायण मण्डललाई नेकपाले मुख्यमन्त्री बनाउन लागेको जनाइएको छ ।


















