भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग

230

काठमाडौं / नेपाल वायुसेवा निगमको जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकारको राजीनामा माग गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले अमरेशकुमार सिंहले प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको विशेष समयमा बोल्दै वाइडबडी खरिदमा भ्रष्टाचारको प्रमाण आफूसँग भएको दाबी सहित प्रधानमन्त्रीकै राजीनामा मागेका हुन् ।

‘विमान खरिदमा व्यापक भ्रष्टाचार भएको छ । सार्वजनिक खरिद ऐन पालना गरिएको छैन । सम्झौतामा २४२ टनको जहाज किन्ने भनेर २ सय ३० टनको जहाज आएको छ । त्यति क्षमता कम हुँदा विमानले ५० जना प्यासेन्जर बोक्न सक्दैन,’ उनले भने ।

‘विमान खरिदमा ६ अर्ब रुपैयाँ भ्रष्टाचार भएको छ । त्यति रकमले १ करोड लागतका ६ सय स्कूल बन्न सक्थ्यो, १० करोड लागतका ६० वटा अस्पताल बन्न सक्थ्यो,’ सांसद सिंहले भने, ‘त्यति स्कूल र अस्पताल खाने यही सरकार हो, यही प्रधानमन्त्री हो ।’

सिंहले जहाज खरिदमा अनियमितता भएको प्रमाण आफूसँग रहेको र त्यो संसदलाई बुझाउने समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here