६ वर्षीया बालिकाले अन्तर्राष्ट्रिय पदक जितिन्

164

धरान / एक नेपाली बालिकाले अन्तर्राष्ट्रिय पदक जित्न सफल भएकी छिन् ।

धरान–१६ स्थित मन्टेश्वरी किन्डर गार्टेनमा अध्ययनरत ६ वर्षीया बालिकाले भारतको लखनउमा सम्पन्न भएको ९ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीप २०१८ मा सहभागी भएर कातामा दुईवटा गोल्डमेडल प्राप्त गरेकी हुन् ।

नामसाङ राई सो मन्टेश्वरीमा कक्षा–१ मा अध्ययनरत् छिन् । अण्डर ६ इयरअन्तर्गतको कराते खेलमा उनले कातामा विजेता बनेको प्रिन्सिपल सुलेखा जोशीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here