प्रभु बैंकको अनलाईन ट्रेडिङ्ग बचत खाता सञ्चालनमा

188

काठमाडौं / अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गर्न पाउने भएका छन् । बैंकले सुविधायक्त प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकले नेपाल स्टक एक्सचेन्जको कारोबार गर्न पाउने भएको छ । नेपाल स्टक एक्स्चेञ्जले मंगलबारदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंक लाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गर्नका लागि तोकेको हो ।

प्रभु बैंक लि.ले बुधबारदेखि सञ्चालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी बसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाईन टे«डिङ्ग बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क E-banking सेवा उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here